व्यवसायिक रूपमा कृषि तथा पशुपंछी पालन सम्बन्धि कार्य गर्न शिक्षित युवाहरुलाई स्वरोजगारमूलक कार्य गर्न, वैदेशिक रोजगारी बाट फर्केका युवाहरुबाट स्थापित तथा संचालित हुने/भएका परियोजनाको लागि, महिलाहरुलाई उद्यमशील बनाउन, दलित समुदायले संचालन गर्ने व्यवसायको विकास गर्न, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा आर्जन गर्न, भूकम्प पीडित हरुलाई निजी आवास निर्माण गर्न, कपडा उद्योग संचालन गर्न, प्राविधिक शिक्षा तथा व्यावसयिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमको लागि र युवा वर्ग स्वरोजगार कर्जाको लागि कर्जा प्रयोजन गरिने छ |
कर्जा पाउन योग्य नेपाली नागरिक वा सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका कर्जा पाउन योग्य व्यक्तिगत फर्म/सांझेदारी फर्म/कम्पनी/समूह/संस्थालाई कर्जा ग्राहक मानिने छ |
कर्जाको प्रकृति र अवधि : आवधिक/संचालन कर्जा
आवधिक कर्जा: अधिकतम ५ वर्ष (घरजग्गा धितो रहने व्यवसायिक कृषि तथा पशुपंछी कर्जाको हकमा १५ वर्ष सम्म | यस तर्फको कर्जा Non-Revolving प्रकृतिको हुन्छ र कर्जाको किस्ता भुक्तानी मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक/EMI मा हुनेछ |संचालन कर्जा: १ वर्ष, Revolving प्रकृतिको हुन्छ |
कर्जाको अधिकतम सीमा र धितोको प्रकृति :
रु. १० लाखसम्म कर्जा ग्राहकको एकाघर परिवारका सदस्यहरुको व्यक्तिगत जमानीका आधारमा र परियोजना धितो |रु १० लाख भन्दा बढी ५ करोडसम्म बैंकलाई स्वीकार योग्य हुने घर जग्गा तथा परियोजना धितो |
कर्जा ग्राहकको न्यूनतम योग्यता :
व्यक्तिको हकमा उमेर १८ वर्ष पुरा भएको हुनु पर्नेछ |रु. १० लाखसम्म व्यक्ति/समूह/फर्म/कम्पनी/संस्था, रु. १० लाख भन्दा बढी रु. १ करोडसम्म फर्म/संस्था र रु. १ करोड भन्दा बढी कर्जा रकम प्रवाह गर्दा अनिवार्य रूपमा कम्पनी हुनु पर्नेछ |रु. १० लाखसम्म कर्जा माग गर्दा परियोजना सम्बन्धि संक्षिप्त प्रस्ताव र रु. १० लाख भन्दा बढी कर्जाको हकमा विस्तृत परियोजना प्रस्ताव पेश गर्नु पर्नेछ |