कर्जाको प्रकृति र अवधि : आवधिक कर्जा/संचालन कर्जा
आवधिक कर्जा : अधिकतम ५ वर्ष र Non-Revolving प्रकृतिको हुन्छ | कर्जाको किस्ता भुक्तानी मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक/EMI रूपमा हुनेछ |संचालन कर्जा : १ वर्ष र Revolving प्रकृतिको हुनेछ |
कर्जाको अधिकतम सीमा र धितोको प्रकृति :
रु. ५ करोडसम्म बैंकलाई स्वीकार योग्य घर जग्गा तथा परियोजना धितो |
कर्जा ग्राहकको न्यूनतम योग्यता :
उद्योगको सम्पूर्ण स्वामित्व नेपाली नागरिकको हुनु पर्नेछ |उद्योग मूल्य अभिवृद्धि करमा अनिवार्य रूपमा दर्ता भएको हुनु पर्नेछ |अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाण पत्र अनिवार्य रूपमा पेश गरेको हुनु पर्नेछ |कर्जा उपयोग सम्बन्धि विस्तृत परियोजना प्रस्ताव पेश गर्नु पर्नेछ |धागोबाट कपडा उत्पादन गर्ने उद्योग हुनु पर्नेछ |