हाम्रो बारे

देशको कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग पुराई कृषिको उत्पादन र उत्पादकत्व बृद्धि गराउनुका साथै कृषि क्षेत्रलाई आवश्यक पर्ने कर्जा उपलब्ध गराउने मुल उद्देश्यका साथ बि.स. २०२४ साल माघ ७ गते कृषि विकास बैंक ऐन, २०२४ अनुसार कृषि विकास बैंकको स्थापना भएको हो । आ.व. २०३२/०३३ सालदेखि नै नेपालमा लघु वित्तको अवधारणा भित्राई देशैभर खोलिएका साना किसान विकास आयोजनाहरु मार्फत् नेपालको गरिबी निवारणमा उल्लेखनीय योगदान पुराएको थियो । बि.स. २०४१ सालदेखि वाणिज्य बैंकिङ्ग कारोबार शुरु गरेको यो बैंक समयको गतिसंगै कम्पनी ऐन, २०५३ अनुसार वि.सं.२०६२ साल आषाढ ३१ गते कम्पनीमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०६२ चैत्र ३ गते “क” बर्गको इजाजत प्राप्त गरी सम्पूर्ण वाणिज्य बैंकिङ्ग कारोबार गर्ने पब्लिक कम्पनीमा रुपान्तरित वित्तीय संस्था भएको छ । नेपाल सरकारको वहुमत सेयर स्वामित्व भएको यस बैंकले हाल देशको ७७ वटै जिल्लामा कार्यालय संजाल फैलाई कृषक, उद्यमी, व्यवसायी, श्रमजीवी र विपन्न सबै बर्गलाई बैंकिङ्ग सेवा, कर्जा सुविधा र वित्तीय मध्यस्तता प्रदान गर्दै आई रहेको छ । देश भित्र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारीको सिर्जना गरी सबै बर्गको विश्वासिलो र भरपर्दो बैंक हुन सफल भएको छ ।

"बैंकमा नेपाल सरकारको ५१% र सर्वसाधारणको ४९% हिस्सा छ। यसका अधिकांश शेयरधारकहरू ग्राहक र कर्मचारी हुन् ।"

हाम्रोबारे
रिपोर्ट र दरहरू
समाचार र मिडिया
द्रुत लिङ्कहरू
Toll Free:
SWIFT : ADBLNPKA
footer img
© 2026 ADBL. All Rights Reserved
सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंक
Powered By: Peace Nepal DOT Com