Marging Lending

कर्जा ग्राहक :

साधारण/संस्थापक शेयर स्वामित्व भएका कर्जा पाउनयोग्य नेपाली नागरिक वा नेपाल सरकारको सम्बन्धित निकायमा रीतपूर्वक दर्ता भई नियमित नविकरण भएका कर्जा पाउनयोग्य फर्म वा कम्पनी |

अधिकतम कर्जा सीमा, अवधि र प्रकृति :

  • अधिकतम कर्जा सीमा कायम गरिएको शेयर मुल्यको बढीमा ५० प्रतिशतसम्म दीईएने छ |
  • कर्जाको सीमा न्यूनतम रु. ५ लाख र अधिकतम सीमाको हकमा नेपाल राष्ट्र बैंकले समय समयमा तोके बमोजिम हुनेछ |
  • कर्जाको अवधि अधिकतम १ वर्षसम्म र कर्जा Revolving प्रकृतिको हुनेछ |

धितो सुरक्षण :

  • आफ्नो वा एकाघर परिवारका सदस्यहरुको नाममा रहेको वा फर्म/संस्था/कम्पनीको नाममा रहेको र नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भयका कम्पनीहरुको अभौतिक (Demat) साधारण वा संस्थापक शेयर हुनेछ |
  • प्राथमिक सुरक्षण बापत अभौतिक शेयरको प्रचलित व्यवस्था बमोजिम धितो बन्धकी भएको वा ग्राहकको अभौतिकिकरण (Demat) खाता रहेको निक्षेप सदस्यबाट यस बैंकको नाममा रोक्का गर्ने/गरिएको प्रमाण सहितको कागजात लिनुपर्नेछ |
  • ग्राहक वा निजको एकाघर परिवारका सदस्य वा धितोपत्र व्यवसायी वा निजको प्रतिनिधिको व्यक्तिगत जमानत |