समाजको अंग भएको नाताले समाजलाई पनि सकेको योगदान दिनुपर्छ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै कृषि विकास बैंकले विभिन्न सामाजिक कार्यमा योगदान दिँदै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले समय समयमा दैवीप्रकोप, आगलागी, भूकम्प जस्ता विपत्तिमा परेकाहरुलाई आर्थिक एवं भौतिक सहयोग, वातावरण संरक्षण, प्रतिक्षालय, मठ-मन्दिर निर्माण तथा मर्मत, विधालयलाई भौतिक सामग्री, खानेपानी व्यवस्था, सडक निर्माण तथा मर्मत, सामुदायिक भवन निर्माण, वृद्धाश्रम, अनाथालय, किरियापुत्री भवन आदिमा वार्षिक रूपमा केन्द्रदेखि स्थानीय स्तरका शाखाहरु मार्फत आर्थिक सहयोग गर्दै आईरहेको छ । यसैगरी नेपाल सरकार स्थानीय स्तरका निकायहरुसँग समन्वय गरी विभिन्न जिल्लामा सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्दै आएको छ । केही तस्बीरहरुः
विश्वज्योति मा.वि., कुश्मा न.पा.-११, सिल्मी, पर्वत
श्री सांग्वेद आवासीय संस्कृत मा.वि., देवचुली-१५, प्रगतिनगर, नवलपरासी
प्रदेश-५, भैरहवामा विभिन्न स्थानमा जडान गरी सफा र स्वस्थ्य समाज निर्माणका लागि बैंकको योगदान
शाखा कार्यालय डकाहबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको दृश्य
शाखा स्वयम्भु मार्फत समर्पण बस्ती सुधार समितिद्धारा काठमाण्डौ महानगरपालिका वडा नं. १६ समर्पण चोकमा नवनिर्मित समर्पण कार्यविनायक गणेश मन्दिरलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बृहत घण्टी हस्तान्तरण ।