Agriculture and Livestock Loan

कर्जाको प्रकृति र अवधि : आवधिक/संचालन कर्जा

आवधिक कर्जा: अधिकतम ५ वर्ष (घरजग्गा धितो रहने व्यवसायिक कृषि तथा पशुपंछी कर्जाको हकमा १५ वर्ष सम्म | यस तर्फको कर्जा Non-Revolving प्रकृतिको हुन्छ र कर्जाको किस्ता भुक्तानी मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक/EMI मा हुनेछ |
संचालन कर्जा: १ वर्ष, Revolving प्रकृतिको हुन्छ |

कर्जाको अधिकतम सीमा र धितोको प्रकृति :

रु. १० लाखसम्म कर्जा ग्राहकको एकाघर परिवारका सदस्यहरुको व्यक्तिगत जमानीका आधारमा र परियोजना धितो |
रु १० लाख भन्दा बढी ५ करोडसम्म बैंकलाई स्वीकार योग्य हुने घर जग्गा तथा परियोजना धितो |

कर्जा ग्राहकको न्यूनतम योग्यता :

  • व्यक्तिको हकमा उमेर १८ वर्ष पुरा भएको हुनु पर्नेछ |
  • रु. १० लाखसम्म व्यक्ति/समूह/फर्म/कम्पनी/संस्था, रु. १० लाख भन्दा बढी रु. १ करोडसम्म फर्म/संस्था र रु. १ करोड भन्दा बढी कर्जा रकम प्रवाह गर्दा अनिवार्य रूपमा कम्पनी हुनु पर्नेछ |
  • रु. १० लाखसम्म कर्जा माग गर्दा परियोजना सम्बन्धि संक्षिप्त प्रस्ताव र रु. १० लाख भन्दा बढी कर्जाको हकमा विस्तृत परियोजना प्रस्ताव पेश गर्नु पर्नेछ |