वार्षिकोत्सवको अवसरमा आर्कषक छुट प्रदान गर्दै कृषि विकास बैंक

कृषि विकास बैंकले आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ । बैंकले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्म बैंकमा खाता भएका तर हालसम्म मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविट कार्ड, डिम्याट, सि–आश्वा, मेरो शेयर र लकर सेवा नलिएका तथा माघ ७ गतेदेखि फागुन ७ गतेसम्म नयाँ खाता खोलेर यी सेवा लिने ग्राहकहरुलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । बैंकले चेतनशील नारी बचत खाता भएका अथवा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । यो अवधिमा बैंकले उपलव्ध गराएको अवसरको सदुपयोग गर्न सम्पूर्ण ग्राहक महानुभावहरुमा बैंकले अनुरोध गरेको छ ।