Agricultural & MSME Credit

Background (पृष्ठभूमि)

बढ्दो जनसंख्या, आहार विहारको परिवर्तन, तीव्र गतिमा विकसित शहरीकरण जस्ता कारणबाट देशमा खाद्द सामग्रीहरुको माग दिनानुदिन बढिरहेको सर्वविदितै छ | निर्वाहमूखी कृषि प्रणालीलाई व्यवसायीकरण र बिविधिकरण विना सो माग सम्बोधन गर्न असम्भव प्रायः छ । सम्बद्ध सबै निकायहरु (Stakeholders) ले आ–आफ्ना क्षेत्रहरुबाट कृषिको प्रवर्द्धन तथा बिकासका लागि सक्दो सहयोग गर्नुपर्ने आजको आवश्यकता हो ।

कृषि विकास बैंक देशमा कृषि कर्जा प्रवाह गर्नेे अगुवा बैंकको रुपमा स्थापित भई ठूलो जिम्मेवारी बहन गर्ने अवस्थामा पुगेकोछ । बैंकले कृषि तथा पशुपंछीपालन सम्बद्ध ब्यवसायहरु संचालनका लागि आवश्यक पर्ने पूँजि ब्यवस्थापनमा सहजिकरण गर्न विविध कर्जा उपकरणहरु प्रयोगमा ल्याइरहेकोछ । बैंकले सबै तहका कृषक एवं कृषि ब्यवसायीहरुको माग तथा अपेक्षालाई सम्बोधन गर्ने गरी कृषि तथा पशुपंछीपालन संग सम्बन्धित निम्न कर्जा सुविधाहरु उपलब्ध गराइरहेको छ।

Documents Needed (आवश्यक कागजातहरु)

  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
  • सम्बन्धित व्यवसाय बारे जानकारी/अनुभवको विवरण
  • व्यक्तिगत फर्म, सांझेदारी फर्म वा कम्पनी भएमा सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपीहरु
  • PAN/VAT मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी
  • पूर्व संचालित परियोजनाहरु भए लेखा परिक्षण तथा कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपी
  • परियोजनाको प्रकृति र क्षमताको आधारमा विस्तृत व्यवसायिक योजना
  • परियोजना स्थलको स्वामित्व तथा सुरक्षणमा रहने सम्पत्तिको आधिकारिक कागजातहरुको प्रतिलिपी
  • परियोजना स्थलमा उपलब्ध पूर्वाधारहरुको विवरण
  • व्यवसायबाट उत्पादित बस्तुहरुको बजार व्यवस्थापन बारे प्रत्याभुति
  • बैंकले माग गर्ने अन्य विवरण तथा कागजातहरु/सिफारिशहरु
  • परियोजना सम्बन्धि कागजातमा व्यवसायिक योजना , न्यूनतम ३ आ.व. को प्रक्षेपित वित्तीय विवरणहरु, स्टक (मौज्दात), Receivables र Payables को प्रमाणित गरिएको विवरण

कृषि तथा पशुपंछीपालन सम्बन्धि प्राविधिक जानकारी र आवश्यक कागजातहरु